जसपा विभाजनबारे नेकपा एसको प्रतिक्रिया- फुटाउने भूमिका खेल्नेहरूको गतिविधि निन्दनीय छ – Nepal Press

जसपा विभाजनबारे नेकपा एसको प्रतिक्रिया- फुटाउने भूमिका खेल्नेहरूको गतिविधि निन्दनीय छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीले उपेन्द्र यादव नेतृत्वको जसपा विभाजनपछि राष्ट्रियतालाई कमजोर गर्ने खेल भइरहेको बताएका छन्।

आज बसेको संसदीय दलको बैठकले जसपा विभाजनमा भूमिका खेल्ने कार्य निन्दनीय भएको निष्कर्ष निकालेको हो।

बैठकपछि सांसद शेरबहादुर कुँवरले भने, जसपा सरकार र समाजवादी मोर्चामा पनि सहभागी छ। सरकारमा भएको दललाई विभाजित गर्ने गतिविधि जोजोबाट भएका छन्, ती निन्दनीय हुन्। यो देशको राष्ट्रियतालाई कमजोर गर्ने खेल हो।

उनले गठबन्धनमा सहमति भइसकेपछि सबैले पालना गरेर एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए।

उनले भने, ‘मोर्चाका गतिविधिमा पनि आशंका बढ्छ। सबैलाई एकताबद्ध गर्नको लागि समाजवादी मोर्चा बनाएका थियौँ तर, त्यही भित्रको दल विभाजित भएपछि त्यसले असर गर्ने स्वभाविक भइहाल्यो।’


प्रतिक्रिया

One thought on “जसपा विभाजनबारे नेकपा एसको प्रतिक्रिया- फुटाउने भूमिका खेल्नेहरूको गतिविधि निन्दनीय छ

  1. अध्यादेशबाट 20% को व्यवस्था गरिकन पनि पार्टी फुटाउनेले अरूलाई निन्दनीय भन्न लाज पनि लाग्दो रहेनछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर