प्रचण्डले साझा संकल्पका आधारमा काम गरून्जेल सहकार्य हुन्छ: महासचिव पोखरेल – Nepal Press

प्रचण्डले साझा संकल्पका आधारमा काम गरून्जेल सहकार्य हुन्छ: महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धनको विकल्प खोज्ने पक्षमा एमाले नरहेको बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा एमाले अहिलेको गठबन्धनलाई २०८४ सालसम्म निरन्तरता दिने पक्षमा रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्पका आधारमा काम गरून्जेल एमालेले काँग्रेस सँग सहकार्य नगर्ने दाबी गरे । ‘प्रधानमन्त्री प्रचण्डले न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्पका आधारमा काम गर्दासम्म हामी अहिलेको गठबन्धनको विकल्प खोज्दैनौं ।’

महासचिव पोखरेलले भने,‘हाम्रो रूची वामपन्थीको सहकार्य नै हो ।’पत्रकार सम्मेलनमा पोखरेलले गृहमन्त्री रवि लामिछाने सहकारीका बारेमा सदनमा बोल्न पाउनुपर्ने समेत बताए ।

‘रविले आफूमाथि लागेका आरोप बारे सदनमा बोल्न पाउनुपर्छ ।अनि रविका नाममा मात्रै होइन,सिंगो सहकारी समस्याका बारेमा छानविन गरिनुपर्छ ।’महासचिव पोखरेलले भने । महासचिव पोखरेलले आज दिउँसो एमाले दाङको १४औं जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर