मदन भण्डारीका उत्तराधिकारी हामी हौँ, जबजको सान्दर्भिकता समाप्त भएको छैन : माधव नेपाल – Nepal Press

मदन भण्डारीका उत्तराधिकारी हामी हौँ, जबजको सान्दर्भिकता समाप्त भएको छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबस)को सान्दर्भिकता अझै समाप्त नभएको बताएका छन्।

मदन–आश्रितको ३१ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै दासढुंगा दुर्घटनामा विषयमा गम्भीर खोजी गर्नुपर्ने बताए।

उनले भने- मदन भण्डारीका उत्तराधिकारी हामी हौँ, हामीले नै यो आन्दोलनलाई उचाइमा पुर्याउन आवश्यक छ। उहाँले त्यो बेलामा कम्युनिष्ट आन्दोलनमा देखिएको चुनौतीलाई उल्लेख गरेर भन्नुभयो, कम्युनिष्ट पार्टीलाई असफल पार्ने प्रयासहरू विफल पार्नुपर्छ। र, कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिक पार्टीको रूपमा स्थापित गर्नुपर्छ। आन्दोलनको लोकप्रियतालाई अगाडि बढाउने क्रममा जनताको विश्वास लिन जनताको बहुदलीय जनवादको विचार अगाडि सार्नुभयो त्यसको सान्दर्भिकता समाप्त भएको छैन। कार्य क्रमिक रूपमा हामी नयाँ क्षणमा प्रवेश गरेका छौँ, हिजो जनवादी क्रान्तिको चरणमा थियौँ, अहिले समाजवादी क्रान्तिको चरणमा छौँ। त्यसैले त्यो विचारको अझै सान्दर्भिकता छ भन्ने बुझ्नु नै मदन भण्डारीप्रति सच्चा सम्मान गरेको ठहरिन्छ।

उनले कम्युनिष्ट पार्टी नै लोकतान्त्रिक आन्दोलनको अगुवा भएको बताए।


प्रतिक्रिया

One thought on “मदन भण्डारीका उत्तराधिकारी हामी हौँ, जबजको सान्दर्भिकता समाप्त भएको छैन : माधव नेपाल

  1. नापिएको कुरा गरी कम्युनिस्ट आन्दोलनलाई कम्युनिस्ट विरोधको पाउमा विचार राख्नेले भनेको सुहाएन है सामान्य मान्छेले पनि नपत्याउने गफ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर