सरकारविरुद्ध साझा रणनीति बनाउन कांग्रेसको नेतृत्वमा विपक्षी मोर्चाको बैठक जारी (भिडिओ) – Nepal Press

सरकारविरुद्ध साझा रणनीति बनाउन कांग्रेसको नेतृत्वमा विपक्षी मोर्चाको बैठक जारी (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा प्रतिपक्षी दलहरूको संयुक्त बैठक बसिरहेको छ । प्रतिनिधिसभा बैठक बस्नुअघि कांग्रेस सभापति देउवाले विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन् ।

बैठकमा सदनमा कसरी प्रस्तुत हुने भनेर विपक्षी दलको तर्फबाट साझा धारणा बनाइने बताइएको छ । बैठकमा कांग्रेस सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, कृष्ण सिटौला, विश्वप्रकाश शर्मा, शेखर कोइराला, रमेश लेखकलगायत छन् । त्यस्तै राप्रपाका ज्ञानेन्द्र शाही, जसपा नेपालका उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, शरदसिंह भण्डारी, जनमोर्चाका चित्रबहादुर केसी छन् ।

सहकारी प्रकरणमा गृहमन्त्री रविमाथि संसदीय छानबिन समितिको माग गरिरहेको कांग्रेसले अन्य विपक्षी दलको पनि साथ खोजिरहेको छ । छानबिन समितिको कार्यादेशबारे छलफल गर्न अहिले सत्ता र प्रतिपक्षी सम्मिलित कार्यदलको बैठक बसिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर