झलनाथको दाबी : मदन-आश्रितलाई मारेर नदीमा खसाइएको हो (भिडिओ) – Nepal Press

झलनाथको दाबी : मदन-आश्रितलाई मारेर नदीमा खसाइएको हो (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको हत्या गरेर नदीमा फालिएको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा ३१ औँ मदन—आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मदन भण्डारीको शव सग्लो हुनु, नदीमा खसेर मरेको व्यक्तिको फोक्सोमा पानी जमेको नहुनुले पनि भण्डारीलाई मारेर पछि नदीमा दुर्घटनाका रूपमा फालिएको दाबी गरे ।

उनले मदन-आश्रितको मृत्यु दुर्घटनाबाट नभई निर्ममतापूर्वक गरिएको हत्या भएको बताए । उनले दुवै नेताको षड्यन्त्रपूर्वक हत्या भएको भन्दै ३० वर्ष होस् की सय वर्ष हत्या हत्या नै हुने बताए ।

नेता खनालले मदन भण्डारी र जीवराज आश्रितले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको लागि सम्पूर्ण जीवन समर्पित गरेको बताए ।

उनले नेपालको कम्युनिष्ट आन्दोलन नयाँ उचाइमा उठाउनका निम्ति लगातार प्रयत्न गर्ने नेताहरू रहेको भन्दै स्मरण गरे ।


प्रतिक्रिया

One thought on “झलनाथको दाबी : मदन-आश्रितलाई मारेर नदीमा खसाइएको हो (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर