रंगशालामा प्रधानमन्त्रीविरुद्ध नारा लाउने को थिए ? भिडिओसहित यसरी गरेको थियो प्रहरीले निगरानी – Nepal Press

रंगशालामा प्रधानमन्त्रीविरुद्ध नारा लाउने को थिए ? भिडिओसहित यसरी गरेको थियो प्रहरीले निगरानी

काठमाडौं । बुधवार साँझ दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध असभ्य नाराबाजी गर्नेहरू राष्ट्रिय स्वतन्त्र पार्टीबाट संगठित रूपमा खटाइएका व्यक्ति रहेको सुरक्षा निकायको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

नेपाल प्रहरी मुख्यालयका एक उच्च अधिकारीका अनुसार नाराबाजी गर्नेहरू प्रायः सबैको पहिचान भएको र उनीहरू योजनाबद्ध रूपमै त्यहाँ नारा लगाउन गएका थिए । त्यस्ता व्यक्तिहरूको संख्या एक सयको हाराहारीमा रहेको समेत प्रहरीले जनाएको छ ।

नाराबाजी हुनसक्ने सूचना बिहानैदेखि पाएर प्रहरीले सादा पोशाकमा दशरथ रंगशालाको प्याराफिटका हरेक सिटसँगै सुरक्षाकर्मी परिचालन गरेको थियो । रास्वपा कार्यकर्ताले आन्तरिक मेसेज ग्रुपहरूमा फुटबलको टिकट अग्रिम बुकिङ गरेर नाराबाजीका लागि तयार रहन सर्कुलर गरेको प्रहरीले भेटेको छ ।

नाराबाजी गर्नेहरूलाई निगरानीमा राखेर उनीहरूको फोटो भिडिओ लिने तर धरपकड नगर्ने आदेश बमोजिम उनीहरूलाई स्क्रिनिङमात्र गरिएको प्रहरी अधिकारीले बताएका छन् । अभद्र व्यवहार र हुलदंगा गरे मात्र नियन्त्रणमा लिने आदेश प्रहरीलाई थियो ।

ती अधिकारीले भने– विशेष गरी रास्वपाले स्वतन्त्र युवा र स्वतन्त्र खेलप्रेमी नागरिकका नाममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने र बालेन शाह जिन्दाबाद भन्ने तयारी पहिले नै गरेको जानकारी थियो । यसमा संगठितरुपमा नभए पनि माओवादी कार्यकर्ता पनि केही संख्यामा संलग्न थिए । राजावादी र बालेन समर्थक हिजोको नाराबाजीमा त्यति पहिचान भएनन् । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने अधिकांश पहिचान भएका छन्,उनीहरूलाई नोटिसमा मात्र राखिएको छ ।

रास्वपा समर्थकहरूले रंगशालामा प्रधानमन्त्री जाने समाचार आएदेखि नै सामाजिक सञ्जालबाट नाराबाजी र हुटिङको अभियान चलाइएको विषयलाई सुरक्षा निकायले त्यस्ता व्यक्तिको एकाउन्टसहित पहिचान गरेका थिए ।

विगतमा जस्तै बालेन शाह जिन्दाबाद, केपी ओली मुर्दावादको नारा लगाउँदा नाराबाजीको दोष बालेन समर्थकमाथि जाने योजना अनुरूप नै केही व्यक्तिले असभ्य नारा लगाएको प्रहरीले जनाएको छ ।

रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगी सम्बन्धी मुद्दामा अनुसन्धान थालिएपछि ओलीविरुद्ध सो पार्टीका नेता कार्यकर्ता आक्रामकरुपमा प्रस्तुत भइरहेका छन् ।

ओलीले भने आफूले छानविन समिति नबनाउने भन्दै रवि स्वयं र अहिले रविको पक्षमा उभिएको माओवादीले समेत समिति बनाउने निर्णय गरेको भन्दै सोही समितिको प्रतिवेदनका आधारमा रवि पक्राउ पर्दा आफूलाई आरोप लगाइएकोमा आपत्ति जनाएका छन् ।


प्रतिक्रिया

9 thoughts on “रंगशालामा प्रधानमन्त्रीविरुद्ध नारा लाउने को थिए ? भिडिओसहित यसरी गरेको थियो प्रहरीले निगरानी

  1. २- ४ जना थाङ्ने केटाहरु लाई समातेर यसो मालिस गर्न पऱ्यो सरकार !

  2. दिल्लीका भाडाका टट्टुहरू हुन् यि नारा लगाउने। दिउस पकेट मार्ने यिनै हुन् । सन्तान पनि बेच्छन यी नारा लगाउनेले पैसा पाए भने । प्रचण्डका भाडाका टट्टुहरू पनि छन् त्याहा । प्रचण्डले लुटेर देलान र खाउँला भनेको सरकार गयो अनि लैनचौरमा तलुवा चाटदा एक ट्वाक खान दियो । त्यहि भएर कराएका हुन् यी । यिनलाई सिकाउनुपर्छ एकचोटी नारा लगाएको सबक ।

  3. JPT Guff !!! Yesto typeko hawa investigation le gardaho KP ba ko jhan birodi badeko!!! yestai yestai report le garda kp ba ko craze jhan ghatdai gairako cha..

  4. आज सम्म बालेनले चर्चा कमाउने नै काम गरेका छन् !! के कत्ति गरे कसरि गरे त्यो यौटा बिसय हो !!
    १. मेयर उपमेयरको उर्जावान र समन्वय पूर्ण कामको देखिएको परिणाम हो !! तर बालेन समर्थक(को को, कस्तो मात्र, सामान्य मान्छे हुने नपाउने रहेछन) को उत्ताउलो र अन्ध भक्तिभाव देख्दा तिनले बिबेक गुमाई सकेका छन् : के राम्रो के नराम्रो, के सहि के गलत : छुट्याउने हैसियत छैन र त्यो सोच्ने फुर्सद पनि छैन !!
    २. यस्तो हुँदा भविस्य कस्तो आउला : यौटा गम्भीर प्रश्न बनेको छ !! चर्चाको सिखरमा पुगेको मान्छेलाई बिदेशी ( बिसेस त भारत) ले कुनै हालतमा किन्छ अनि उपयोग गर्छ !! त्यो उदित नारायण झा, तेञ्जिङ्ग नोर्गे हुन् या सिक्किमका नेता लेन्डुप दोर्जी हुन् !!
    ३. बालेनको ओली प्रति ओकल्ने अभिब्येक्ती, ब्येवहार र भारतका विभिन्न मानिश संगको सम्बन्ध र हिमचिम बाट यो अनुमान गर्न सकिन्छ : नेपाली संस्करणको लेन्डुप दोर्जी-२ !!
    ४. त्यो काल खण्डमा के गर्छन यी पछुवाहरु !! सिस्टमको कुरा गर लठुवा हो, गलत-सहि छुट्याउने बिबेकी बन : नत्र थाहै नपाई ‘देशी’ नागरिक बनौला : देशको स्वाभिमान जोगाउने नेतृत्व माथि त तिमी निर्मम नै छौ : नसुध्रे तिमीहरु जाने बाटो त्येही हो !!
    ५. कोहि भारतको बन्दुकले तिनैको इसारामा नेपालि मार्ने, देशमा बस्न नसक्ने बनाएर विदेश धपाउने, कोहि भए भरका कलकारखाना आफ्नै सम्पति मानेर बेच्ने बेरॉगार बनाउने, कोहि सहकारीको भाडा थापेर जनताको खुन पशिना चुस्ने अनि कोहि देश बनाउने, देश बचाउने अनि देश बनाउन सकिन्छ भनेर आशा जगाउने र यान दिएर लाग्ने नेतृत्व माथि खनिने, हुदा नहुदाका आरोप र लाञ्छना खिपेर माहोल बनाउने, देशलाई बिदेशीको खेल्ने अखडा बनाउने !! अनि देश कसरी बन्छ ? कस्ले बनाउञ्छ, कहिले बन्छ ?? अलि जिम्मेवार बन बेलैमा !!

  5. बिरोध गर्दैमा किन यस्तो सकस यो सरकारलाइ ? जहॅा-जहॅा ओली त्यही त्यही बिरोध गर्न पाउनुपर्छ ।

    1. दिल्लीका टट्टुको विरोधले केहि नाप्दैन । तलुवा चाटने, पैसा खाने अनि नेताक‍ो विरोध गर्ने भाडाका टट्टुलाई सबक सिकाउन बाँकी छ ।

  6. देशमा प्रजातन्त्र लोकतन्त्र हुँदै गणतन्त्र आएको कति वर्ष भयो ?
    कति वटा रंगशाला थपियो ?
    खेलाडीहरूको विकास के कति भयो ?
    नारा त्यसै लाग्छ ?
    नारा किन लगाईन्छ ?
    राम्रो गर्दा गर्दै कसैले मुर्दावाद भन्छ ?
    ख्याल रहोस् चुनाव पैसाको बलमा जीत्न सकिएला तर जनताको मन जीत्न सक्दैन ।

  7. लेखक ले लेख्यो…पुलिस ले भन्यो…सय जाना रे…हा हा हा…

  8. अराजक र बिषय शुन्यहरुको जमातलाई मात्र होईन यसका मालिकलाई पनि कानुन बनायरै भए पनि सख्त कार्बाही गर्नु पर्छ टट्टुहरु लाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर