महानगरले गौशाला चोकका घरटहरामा चलायो डोजर (भिडिओ) – Nepal Press

महानगरले गौशाला चोकका घरटहरामा चलायो डोजर (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरामा डोजर चलाएको छ ।  मापदण्ड विपरित बनाइएको घरटहरामा महानगरले डोजर लगाएर भत्काएको हो ।

महानगरले आज बिहान गौशालाचोक आसपासमा सडककिनारअतिक्रमण गरी बनाइएको घर टहरा सटरहरु भत्काएको नगरप्रहरी बलका प्रमुख राजु पाण्डेले जानकारी दिए । घरटहरा भत्काउन  ३ वटा डाेजर चलाइएकाे थियाे ।

यस्तै शुक्रबार चाबहिलस्थिल भत्केको पुल आसपासमा बनेको अवैध संरचनाहरु भत्काएको थियो । महानगरले पछिल्लो समय महानगरभित्रका मापदण्डविपरित बनेका घर टहरा भत्काउँदै आएको छ ।

मापदण्ड विपरित बनाइएको घर टहरामा नियमित रुपमा भत्काउँदै जाने प्रमुख पाण्डेकाे भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *