बैंकहरुले पनि मिटर ब्याज लिइरहेका छन्: केपी ओली – Nepal Press

बैंकहरुले पनि मिटर ब्याज लिइरहेका छन्: केपी ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले पनि मिटर ब्याज लिइरहेको बताएका छन् ।

लोकान्तरको इकोनोमिक डिबेटमा सहभागी ओलीले हरेक तीन महिना ब्याजलाई सावाँ बनाउने बैंकहरुको काम पनि मिटर ब्याज भएको बताए ।

उनले प्रश्न गरे, ‘१० लाख लिएर ३० लाख दिनुपर्ने मिटर ब्याज हो कि होइन ?’

मिटर ब्याजलाई तराई, मधेश, पहाड आदिमा मात्र नहेरेर बैंकमा पनि हेर्नुपर्ने ओलीले बताए ।

बैंक पैसा दिने र ब्याज लिने साहु मात्र हुन नहुनेमा उनले जोड दिए । रकम लिएपछि अधिकतम कतिसम्म लिन पाउने भन्ने मापदण्ड हुनुपर्ने ओलीको भनाइ छ ।


प्रतिक्रिया

One thought on “बैंकहरुले पनि मिटर ब्याज लिइरहेका छन्: केपी ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर