जसपा विभाजनबारे कांग्रेस : माधव-उपेन्द्रसँग मिलेर ‘वैकल्पिक गठबन्धन’ बनाउने प्रयासले फुटेको होइन – Nepal Press

जसपा विभाजनबारे कांग्रेस : माधव-उपेन्द्रसँग मिलेर ‘वैकल्पिक गठबन्धन’ बनाउने प्रयासले फुटेको होइन

उपसभापति गुरुङको जिकिर- उपेन्द्रजीप्रति पार्टीमा भएको ठूलो असन्तुष्टि विस्फोट भएको हो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेकपा एसका अध्यक्ष उपेन्द्र यादव र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर सरकार ढाल्न वैकल्पिक गठबन्धन बनाउने प्रयासकै कारणले जसपा विभाजन भएको भन्ने कुरालाई अस्वीकार गरेको छ।

कांग्रेसका उपसभापति धनराज गुरुङले अध्यक्ष यादवप्रतिको असन्तुष्टिको कारणले नै जसपा फुटेको जिकिर गरे।

उनले नेपाल प्रेससँग भने, ‘सत्ताको चलखेलको कारणले मात्रै जसपा विभाजित बनेको होइन। उपेन्द्रप्रति पार्टीभित्र ठूलो विमति थियो। म कानून मन्त्री हुँदा पनि दलसम्बन्धी विधेयकबारेको छलफलमा उपेन्द्रजीले संसदीय दल र केन्द्रीय समितिको ४० प्रतिशत वा होइन र नै राख्नुपर्छ भन्नुभएको थियो। मेरै पार्टीभित्र मलाई नै गाह्रो छ भन्नुभएको थियो। त्यसैले सत्ताकै कारणले मात्रै विभाजित बनेको होइन।’

माधव नेपाल र उपेन्द्र यादवले कांग्रेससँग मिलेर वैकल्पिक गठबन्धन बनाउने खोजेको भन्ने कुरा तर्क वितर्कमा आउने कुरा मात्रै भएको दाबी गरे।

उनले थपे, ‘अहिले उहाँहरूसँग कांग्रेस मिलेर सरकार बन्ने स्थिति पनि होइन। पार्टी फुटाल्नेहरूले यो तर्क दिएको हुनसक्छ। तर, मैले बुझ्दा जसपाभित्र विगतदेखि नै बुझ्दा ठूलै टसल थियो। दल दलसम्बन्धी विधेयक बनाउने बेलामा प्रधानमन्त्रीसँगै बालुवाटारमा वा त राख्दै हुन्न भन्नुभएको थियो। पार्टीभित्रको विवाद चुलिइरहेको थियो अहिले त्यही देखिएको हो।’

सरकारले ढाल्ने प्रयास भएकै कारणले आफूहरू पार्टी फुटाएको भन्ने विभाजित नेताहरूको भनाइ छ नि भन्ने प्रश्नमा उनले थपे, त्यस्तो त हुँदै होइन। भेटघाट त गर्ने नहुने भन्ने होइन नि।

उनले माधव नेपाल र पार्टी सभापति शेरबहादुर देउवासँग भएको सामान्य भेटलाई अस्वाभाविक रूपमा चर्चा गरेको दाबी गरे।

गुरुङ थपे, ‘सभापतिसँग माधव नेपालसँग मात्रै होइन। प्रचण्डसँग पनि भइरहेकै छ। विपक्ष दलको नेता भएकाले अरू दलका नेताहरूसँग पनि भेटवार्ता हुन्छ। आवश्यक अनुसार हुने नै हो। भेटघाटलाई नै आशंका गरेर धेरै कुरा पाकिरहेको छ भन्ने चर्चा भएको छ। नेपाली राजनीतिमा त्यही भइरहन्छ। अहिले पनि भएको त्यही हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर