समष्टिगत सहकारीको कुरा ल्याएर गृहमन्त्रीलाई उम्काउन खोजियो : कांग्रेस (भिडि‍ओ) – Nepal Press

समष्टिगत सहकारीको कुरा ल्याएर गृहमन्त्रीलाई उम्काउन खोजियो : कांग्रेस (भिडि‍ओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सदन सुचारुका लागि केही समझदारी बन्ने कुरामा आफूहरू आशावादी रहेको बताएका छ्न् ।

प्रतिनिधिसभाको बैठक आइतबारसम्म स्थगितपछि संसद भवन बाहिर पत्रकारमाझ उनले यो बीचमा समझदारी बन्न सके सबैको लागि राम्रो हुने बताए ।

उनले समष्टिगत सहकारीका विषयमा अध्ययनको कुरालाई लिएर गृहमन्त्री रवि लामिछानेलाई उम्काउन खोजिएको भन्दै आशंका जनाए ।

‘सत्ता पावरको कारण छानबिनको परिधिभित्र नआउने, तर शक्ति नहुनेहरू आउने भेदभाव हुनु भएन । समानरूपमा विभेद नगरी छानबिन समिति बन्नुपर्छ । गृहमन्त्री संलग्न हुनुहुन्छ भन्ने स्पष्ट छ । छानबिनको दायरामा उहाँ पनि आउनुपर्‍यो । समस्याग्रस्त अन्य सहकारी पनि हेरून्’, महतले भने ।

छानबिन प्रक्रियामा अनुचित प्रभाव पार्ने सम्भावना भएकाले संसदीय समितिको माग गरिएको उनको जिकिर छ ।

विपक्षी दलबीचको छलफललाई लिएर पत्रकारको जिज्ञासामा उनले सत्ता केन्द्रित र दीर्घकालीन नभई मुद्दामा केन्द्रित छलफलमात्र भएको प्रष्टीकरण दिए ।

सत्तारुढ दलको गतिविधिले अध्यादेशबाट बजेट ल्याउन पो चाहेको हो कि ! भन्दै महत शशंकित देखिए ।

‘हिजो अस्ति सानासानो कुरामा पनि छानबिन समिति बनाइहाल्ने आज किन त ?’ उनको प्रश्न थियो ।


प्रतिक्रिया

One thought on “समष्टिगत सहकारीको कुरा ल्याएर गृहमन्त्रीलाई उम्काउन खोजियो : कांग्रेस (भिडि‍ओ)

  1. समग्र सहकारीको भनेर संसदीय समितिले छानबिन गर्ने भनेपछि तिमी र देउवा अनि आरजुले खाएको पनि निस्कन्छ मिस्टर । आफूले खाएको निस्कन्छ भनेर अत्तालिएका छन् काँग्रेसका लुटेराहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर