सरकारलाई देउवाको आग्रह- वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधान गरौं (भिडि‍ओ) – Nepal Press

सरकारलाई देउवाको आग्रह- वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधान गरौं (भिडि‍ओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।

पार्टी निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको साधारण सभालाई सम्बोधन गर्दै विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमिकहरुले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको बताए।

उनले भने, ‘नेपालमा वैदेशिक रोजगार महत्वपूर्ण कुरा हो। एकातिर विदेशमा रोजगार गर्न नेपालीले पाउँछन्। एउटा कुरा सुनेँ मैले, त्यहाँ ठगिएका कुराहरु, दुःख पाएका कुराहरु मैले थाहा पाएँ, यस्ता कुरा रोक्न हामी लाग्नुपर्छ। साथसाथै जो रेमिटेन्सको पैसा आउँछ, नेपाललाई जो विदेशी पैसा पनि आउँछ, त्यसले नेपालको रेमिटेन्स मात्रै होइन, अरु पनि धेरै नेपाललाई फाइदा हुन्छ। त्यसका लागि यो अब यसलाई एकातिर रेमिटेन्स आवश्यक छ, अर्कोतिर व्यापारीहरु रोजगारीमा गएका साथीहरु ठगिनु भएन। दुःख पाउनु भएन।’

वैदेशिक रोजगारीमा गएका नेपालीबाट देशमा आउने रेमिट्यान्ससँगै श्रमकहरुको समस्या समाधानमा आवश्यक भूमिका खेल्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर