पाँचपोखरीका प्रमुख प्रशासकीय अधिकृतले चलाएको गाडी दुर्घटना, ६ जना कर्मचारी घाइते – Nepal Press

पाँचपोखरीका प्रमुख प्रशासकीय अधिकृतले चलाएको गाडी दुर्घटना, ६ जना कर्मचारी घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेल, प्रशासकीय अधिकृत रामप्रसाद न्यौपाने लगायत कर्मचारी सवार गाडी दुर्घटना भएको छ ।

गाउँपालिकाबाट काठमाडौं आउँदै गरेको कार टिपेनि बजारभन्दा ३० मिटर माथिबाट खस्दा २ जना कर्मचारी गम्भीर घाइते भएका प्रहरी सहायक हवल्दार डाँसुराम पोखरेलले जानकारी दिए । बा १ झ ६३०३ नं. को टाटा मोवायल हाइलेक्स गाडी अनियन्त्रित भई सडकबाट करिब १ किलोमिटर तल खस्दा सवार ६ जना घाइते भएको उनले बताए ।

घाइते हुनेहरुमा राम प्रसाद न्यौपाने, लक्ष्मण कुईकेल, कान्छा तामाङ, शारदा उप्रेती, सरिता गौतम र दीपा कुमारी धमला रहेका छन् । घाइतेहरुको स्थानीय पाँचपोखरी थाङपाल टिपेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कार प्रमुख प्रशासकीय अधिकृतले चलाएको थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *