धुवाँ देखिएको कतार एयरको जहाजमा ३१८ यात्रु थिए, परीक्षणपछि उड्ने तयारीमा – Nepal Press

धुवाँ देखिएको कतार एयरको जहाजमा ३१८ यात्रु थिए, परीक्षणपछि उड्ने तयारीमा

काठमाडौं । आज बिहान ११:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान नम्बरको जहाजमा धुवाँ देखिएपछि उडान रोकिएको छ । जहाजमा ३१८ जना यात्रु थिए ।

चालकले केही खराबी नभएको भन्दै उडाउन खोजेपछि प्राविधिकले परीक्षणपछि मात्र उडाउन भनेका थिए । कतार उड्न लागेको जहाज पुसव्याक गर्दा पछाडि एक्कासी धुवाँ उठेको विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘पाइलटले जहाजमा केही समस्या नभएकाले उड्ने अनुमति मागेका थिए । तर, जहाजको प्राविधिक परीक्षण गरेरमात्रै उडाउनु भनेका थियौं । प्राविधिक टोलीले जहाज चेक गर्दा केही समस्या नभएको भनेपछि जहाज उड्ने तयारी छ । चार्जर र ब्ययाट्रीबाट धुवाँ आएको प्राविधिक टोलीले बताएको छ । अरु खराबी देखिएन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *