इन्स्टाग्राम स्टोरीमा थपिए नयाँ चार स्टिकर – Nepal Press

इन्स्टाग्राम स्टोरीमा थपिए नयाँ चार स्टिकर

काठमाडौं । इन्स्टाग्राम स्टोरीहरुमा नयाँ स्टिकरहरु थप गरिएका छन् । इन्स्टाग्रामले आफू अनुकुल स्टोरी बनाउने चार स्टोरी स्टिकरहरु लन्च गरेको हो । इन्स्टाग्राम स्टोरीमा प्रयोगकर्ताहरुले अब एड युअर म्युजिक, फ्रेमस, रिभिल र कटआउट्स नामक चारवटा नयाँ स्टिकरहरु पाउनेछन् ।

प्रयोगकर्ताहरुले आफू अनुकुलका स्टोरीहरु बनाउन सक्नेगरी नयाँ स्टिकरहरु थप गरिएको जनाइएको छ ।

पहिलो थप गरिएको ‘एड युअर म्युजिक’ नामक स्टिकरबाट प्रयोगकर्ताहरुले स्टोरीमा म्युजिक रख्दा आफ्ना साथिहरुले पनि उक्त स्टोरीमा म्युजिक थप गर्न सक्छन् । एउटा स्टोरीमा प्रयोगकर्ताहरुका साथीहरुले आफु अनुकुल म्युजिक राख्न सक्छन् ।

त्यस्तै, दोस्रो थप गरिएको ‘फ्रेमस’ बाट प्रयोकर्ताहरुले स्टोरीमा फोटोहरु थप गर्दा फ्रेममा राख्न सकिनेछ भने रिभिल नामक नया स्टिकरबाट आफ्नो स्टोरीलाई देख्न नमिल्ने अथवा निश्चित व्यक्तिहरुबाट हाइड अर्थात लुकाउन सकिन्छ ।

त्यसैगरी, इन्स्टाग्राममा थप गरिएको चौथो ‘कटआउट्स’ स्टिकरबाट प्रयोगकर्ताहरुले फोटो अथवा अबजेक्टहरुलाई मात्रै कटे छ्ट्याउन सक्नेछन् ।

थप गरिएका चार वटै स्टिकरहरुले प्रयोगकर्ताहरुलाई थप रोमान्चक र उत्साहजनक बनाउने दाबी गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *