हस्तकला विकास नीति कार्यान्वयनमा ल्याउने तयारीमा छौँ : मन्त्री भण्डारी – Nepal Press

हस्तकला विकास नीति कार्यान्वयनमा ल्याउने तयारीमा छौँ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हस्तकला व्यवसायले आयात प्रतिस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्

नेपाल हस्तकला महासंघले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले पूँजी र प्रविधिको उपयोग गरी सञ्चालन गर्न सकिने हस्तकला ठूलो सम्भावना बोकेको क्षेत्र पनि भएकाले यसले आयात प्रतिस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

मन्त्री भण्डारीले भने, ‘हस्तकला क्षेत्रको दीर्घकालीन विकासका लागि नेपाल हस्तकला महासंघले तयार गरी मन्त्रालयमा बुझाएको हस्तकला विकास नीतिको पनि सूक्ष्म अध्ययन गरी हामी त्यसलाई कार्यान्वयनमा ल्याउने तयारीमा छौँ ।’

उनले हस्तकलाको वस्तु तथा डिजाइन विकास, गुणस्तर प्रमाणीकरण, बजार विकास र व्यवसाय विकास जस्ता सेवा एकीकृत रूपमा व्यवसायीहरूलाई उपलब्ध गराउन सार्क हस्तकला विकास केन्द्र नेपाल सार्वजनिक निजी साझेदारी मोडलमा स्थापना गर्न मन्त्रालय क्रियाशील रहेको जानकारी दिए ।

त्रिपुरेश्वरमा सार्क हस्तकला विकास केन्द्रको भवन तयार भइसकेको जानकारी गराउँदै उनले अब जति सक्दो चाँडो सोही भवनबाट हस्तकला विकास केन्द्र सञ्चालन गर्ने गरी कार्यविधि सरकारले स्वीकृत गर्ने तयारी गरिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *