एभरेष्ट बैंकको मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा – Nepal Press

एभरेष्ट बैंकको मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

काठमाडौं । एभरेष्ट बैंकको मधेश प्रदेशको प्रादेशिक शाखा कार्यालय आफ्नै भवनबाट सुरु भएको छ ।

सोमबार आयोजित विशेष कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं. १०, आदर्श नगर स्थित एभरेष्ट बैंक लिमिटेडले आफ्नो वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा नं. ४ आदर्शनगरमा आफ्नै नव निर्मित भवनमा स्थानान्तरण गरेको हो ।

कार्यक्रममा वीरगंज चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष श्री हरि गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यलगायत क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक श्री पुष्प राज उप्रेतीले उक्त नव निर्मित आफ्नै भवनबाट ग्राहकहरूले अझ बृहत् र परिष्कृतबैंकिङ्ग सेवा तथा सुविधा सरल, सुलभ र सहज रूपमा उपभोग गर्न सक्ने बताए ।

पन्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखिनै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, प्रादेशिक कार्यालयहरू, १६४ ए.टी.एम् सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल/इन्टरनेटर एस्.एम् एस् बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ।

यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर