श्रम तथा रोजगारसम्बन्धी सही सूचना व्यापक बनाउनुपर्छ: श्रममन्त्री अर्याल – Nepal Press

श्रम तथा रोजगारसम्बन्धी सही सूचना व्यापक बनाउनुपर्छ: श्रममन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम तथा वैदेशिक रोजगारसम्बन्धी जानकारीलाई व्यापक बनाउन जोड दिएका छन् ।

बाँकेको कोहलपुरमा शुक्रबार रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अर्यालले गाउँ-गाउँमा सही सूचना दिएर ठगिनबाट जोगाउन र स्वरोजगार हुन आवश्यक सहयोग गर्न आग्रह गरे ।

‘तपाईंहरुको उपस्थिति अत्यन्तै महत्वपूर्ण छ । हामीले यस कार्यक्रमको ढाँचा परिवर्तन गरी तपाईंहरुलाई अझै जिम्मेवार बनाउन खोजेका छौं । आफ्नो जिम्मेवारीलाई इमानदारीका साथ पूरा गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु’, उनले भने ।

श्रम मन्त्रालयअनतर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले लुम्बिनी प्रदेशका रोजगार संयोजकका लागि शुक्रबार प्रशिक्षण शुरु गरेको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा मन्त्रालयले तालिमको आयोजना गरेको हो ।

तालिममा लुम्बिनी प्रदेशका २०४ जना रोजगार संयोजक सहभागी छन् । तालिम जेठ ७ गतेसम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर