यो साता सुन र चाँदीको मूल्यले राख्यो रेकर्ड, अमेरिकी रिजर्भ बैंकको नीतिगत निर्णयको प्रभाव – Nepal Press

यो साता सुन र चाँदीको मूल्यले राख्यो रेकर्ड, अमेरिकी रिजर्भ बैंकको नीतिगत निर्णयको प्रभाव

काठमाडौं । यो साता विश्व बजारमा सुन तथा चाँदी दुवैको मूल्य उच्च दरले बढेको छ । अमेरिकी रिजर्भ बैंक (फेड) ले लिएको नीतिगत कारणले गर्दा मूल्यमा चाप परेको विश्लेषकहरूले बताएका छन् । साताको पाँचौँ दिन बिहीबार हालसम्मकै उच्च पुगेको मूल्य शुक्रवार भने केही तल झरेको हो ।

नेपाली बजारमा पनि यो साता सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख १८ हजार ६ सय ५५ रुपैयाँ रहेको सुनको मूल्य साताको दोस्रो र तेस्रो दिन सामान्य घटेर साताको चौथो दिन उकालो लागेको थियो ।

पाँचौँ दिन बिहीबार नयाँ रेकर्ड बनाउँदै प्रति १० ग्राम १ लाख २० हजार ३० रुपैयाँ पुग्यो । शुक्रवार भने सामान्य घटेर प्रति १० ग्राम सुनको मूल्य १ लाख १९ हजार ४ सय ३० कायम भयो ।

यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ४ सय ७९ रुपैयाँ रहेको मूल्य साताको पाँचौँ दिन बिहीबार रेकर्ड राख्यो ।

उक्त दिन प्रति १० ग्रामको १ हजार ५ सय ४७ रुपैयाँ ५० पैसा पुग्यो । शुक्रवार सामान्य घटेर प्रति १० ग्राम १ हजार ५ सय ४३ रुपैयाँ कायम भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर