डर्टबाइक रेसिङको टिकटिङ ‘आइएमई पे’बाट – Nepal Press

डर्टबाइक रेसिङको टिकटिङ ‘आइएमई पे’बाट

काठमाडौं । जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको DTMX977 च्याम्पियनसिप सिरिजको फाइनल रेसमा ‘आइएमई पे’ एप मार्फत टिकट खरिद गर्न मिल्ने भएको छ ।

एलिट तथा ओपन वर्गमा हुने रेसहरूमा विजेताहरूले क्रस फायर ट्राकर २५० डर्ट मोटरसाइकल र टिमसन एमएक्स रेसिङ टायर्स् जित्नेछन् भने दुवै वर्गका शीर्ष दाबेदारहरूले एसर्बिस् रेसिङको उत्कृष्ट गियरहरू जित्नेछन् ।

उक्त डर्ट बाइक रेसिङ सगसगै यस कार्यक्रममा दीपक बज्राचार्य र रिदम ब्यान्ड, सुदेश्ना सेन, अब्लिभियस ब्यान्ड, देवेन्द्र बब्लु एन्ड द फिरन्ते लगायतका कलाकारहरूको साङ्गीतिक प्रदर्शनी पनि रहेको छ । उक्त कार्यक्रममा बिभिन्न सांगितिक ब्यान्डहरू सँगै , मोटोक्रस प्रतिस्पर्धा, लाइभ सङ्गीत प्रदर्शन र धेरै उपहारहरूले भरिएको एड्रेनालाईन-पम्पिङ दिनको निम्ती टिकटहरु आइएमई पे एपमा रु. ५०० मा खरिद गर्न सकिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर