शोभा पाठकलाई ५ महिनाअघि नै कारबाही गरेर निकालिएको युवा संघको भनाइ – Nepal Press

शोभा पाठकलाई ५ महिनाअघि नै कारबाही गरेर निकालिएको युवा संघको भनाइ

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले धादिङकी जानुका भनिने शोभा पाठकले आफूलाई युवा संघको केन्द्रीय सदस्य भन्दै विभिन्न ठाउँमा संगठनको नाम लिएर अनुचित काम गरेको भन्दै उनी संघबाट पहिले नै निष्काशनमा परिसकेको जनाएको छ ।

युवा संघका महासचिव सुमन पुरीले बिगतमा युवा संघको गतिविधिमा जोडिएकी पाठकलाई गत मंसिर २२ गते बसेको पदाधिकारी बैठकले संगठनको नीति र आदर्शविपरितका हर्कत गरेका कारण निलम्बन गरेको बताए ।

उनले भने, ‘उनी युवा संघमा आबद्ध भए पनि उनका क्रियाकलाप गैरराजनीतिक र संगठनको हितविपरीत देखिएपछि पटक पटक सचेत गराउँदा पनि सुधार नभएकाले मंसिर २२ मै कारबाही गरेर निकालिएको हो ।’

पाठकले युवा संघका इन्चार्ज तथा एमाले नेता महेश बस्नेतमाथि विभिन्न आरोप लगाएर प्रहरीमा हुलाकमार्फत जाहेरी पठाएकी थिइन् । प्रहरी र सरकारी वकिलले जाहेरीमा लगाइएको आरोप अनुसन्धानका क्रममा प्रमाणित नहुने ठहर गरेपछि पछि प्रमाण पुगेमा फेरि अनुसन्धान हुनेगरी मुल्तबीमा राखेका छन् ।

पाठकले अरु व्यक्तिलाई पनि युवा संघको नाम लिएर ब्ल्याकमेल गर्ने गरेको गुनासो आएपछि संगठनले कारबाहीको जानकारी गराएको हो ।


प्रतिक्रिया

3 thoughts on “शोभा पाठकलाई ५ महिनाअघि नै कारबाही गरेर निकालिएको युवा संघको भनाइ

  1. अनि नवजात शिशुलाइ निकालेर फ्याकेको चै कहिले हो?

    1. युबा संघका इन्चार्ज महेस बस्नेत्ले ७२ सालमै बन्ध्याकरण गरेका हुनरे अनि को बाट नबजात शिशु भए ।यसैले त प्रमाण पुगेन भनियो सरकारी ओकीलबाट र केस मुतलबिमा राखियो । विभिन्न कारणले र उनी आफैले गरेको प्रेसमिटबाट उनी परीचालित हुन भन्ने बुझिन्छ ।

  2. खटपट शुरु भएको अलि पहिल्यै देखि रहेछ है ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर