एक केजीभन्दा बढी सुन र झण्डै डेढ करोड नगदसहित काठमाडौंबाट ७ जना पक्राउ – Nepal Press

एक केजीभन्दा बढी सुन र झण्डै डेढ करोड नगदसहित काठमाडौंबाट ७ जना पक्राउ

काठमाडौं । ठूलो परिमाणको अवैध सुन र नगदसहित ७ जना काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर घटना विवरण सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

अवैध सुनको कारोबार भइरहेको सूचनाको आधारमा काठमाडौं-२४ दुछेंननी टोलबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरूबाट एक केजी ७६८.२५ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार नगद बरामद गरिएको छ ।

बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्न व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दार्चुला टाटेका गणेशदत्त बडु, आयुष बडु, भारत महाराष्ट्रका ऋषिकेशप्रकाश विभुते, अमोल विभुते र गणेश सतिश बाल्टे साथै झापा बिर्तामोडका दिनेश खरेल, बिर्तामोडकै भरतराज खरेल छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *