प्रदर्शनका क्रममा मृत्यु भएका डाँगीलाई शहीद घोषणाको माग गर्दै राप्रपाको मसाल जुलुस (तस्बिरहरु) – Nepal Press

प्रदर्शनका क्रममा मृत्यु भएका डाँगीलाई शहीद घोषणाको माग गर्दै राप्रपाको मसाल जुलुस (तस्बिरहरु)

काठमाडौं । राप्रपाले आन्दोलनका क्रममा मृत्यु भएका कार्यकर्तालाई शहीद घोषणाको माग गर्दै मसाल जुलुस निकालेको छ ।

राप्रपाले पार्टी कार्यालय धुम्बाराहीदेखि बसुन्धारासम्म प्रदशेन गरेको हो । प्रदर्शनका क्रममा उनीहरुले गृहमन्त्री रवि लामिछानेको राजीनामा पनि मागेका थिए ।

चैत २७ गते काठमाडौंमा पार्टीले गरेको प्रदर्शनका क्रममा प्रहरीसाग झडप हुँदा बर्दियाका जिल्लास्तरीय नेता ठाकुर प्रसाद डाँगीको मृत्यु भएको थियो । उनै डाँगीको १३ औं तिथिका अवसरमा राप्रपाले प्रदर्शन गरेको हो ।

काठमाडौंसहित सबै जिल्लाहरुमा राप्रपाले प्रदर्शन गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर