वामदेवलाई ओलीको जवाफ- एकताको भावना सकारात्मक छ, तपाईँको महाअभियान सफल होस् (भिडिओ) – Nepal Press

वामदेवलाई ओलीको जवाफ- एकताको भावना सकारात्मक छ, तपाईँको महाअभियान सफल होस् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमको एकताको भावनालाई आफूले सकारात्मक रुपाले लिएको बताएका छन् ।

वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै गौतमले आफू एमालेमा आत्मालोचनासहित फर्किन तयार रहेको बताएका थिए ।

त्यसको जवाफ दिँदै ओलीले भने, ‘वामदेव कमरेडले उठाउनुभएको कुरा छलफल गर्ने थलो यो होइन । पछि हामी त्यसबारेमा छलफल गर्न सक्छौँ । वामदेवजीको एकताको भावना त्यो सकारात्मक छ । महाअभियान सफल होस् । शुभकामना ।’


प्रतिक्रिया

One thought on “वामदेवलाई ओलीको जवाफ- एकताको भावना सकारात्मक छ, तपाईँको महाअभियान सफल होस् (भिडिओ)

  1. यसलाई ल्याएर फेरि पार्टी फुटाउने हो ? ल्याउँदा पनि नल्याउने र ल्याउदिन पनि नभन्ने गरेर सिध्याईदेउ । यसलाई ल्याएमा हजारौले पार्टी छोडछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर