अशोक राई नेतृत्वको जसपा दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय – Nepal Press

अशोक राई नेतृत्वको जसपा दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ ।

वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले ‘जसपा’ मात्र राखेर पार्टी दर्ता गराएका हुन् ।

श्रेष्ठसहित जसपा नेपालका वरिष्ठ नेता अशोककुमार राईसहित सात जना सांसदको हस्ताक्षर एवं ३० जना केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएर आइतबार साँझ दल विभाजनसहित नयाँ दल दर्ताका लागि निवेदन पेश भएको थियो ।

आयोगका एक उच्च अधिकारीका अनुसार दल दर्ता सम्बन्धी अध्यादेश खारेज भएको भए पनि अध्यादेशबाट बनेको राजनीतिक दल दर्ता सम्बन्धी नियमावलीमा टेकेर दल दर्ता भएको हो ।

नियमावली अनुसार संघीय संसदमा रहेका दलका सांसदको २० प्रतिशत र केन्द्रीय समितिको २० प्रतिशतले हस्ताक्षर गरेर दल विभाजन तथा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएमा दल दर्ता गर्न सकिने व्यवस्था रहेको छ । त्यसैमा टेकेर आयोगले निर्णय गरेको हो ।

जनता समाजवादी पार्टी दल दर्ताको जानकारी जनता समाजवादी पार्टी नेपाललाई दिने र संघीय संसद एवं प्रदेश सभा तथा जिल्ला निर्वाचन कार्यालय जानकारी गराउने निर्णय पनि आयोगले गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले बताए ।


प्रतिक्रिया

One thought on “अशोक राई नेतृत्वको जसपा दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

  1. ख्यास पुतली भयो अब यिनीहरू पनि अब टुक्राटुक्रा भऐर 🤣🤣🤣🤣

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर