जसपाको जिकिर- अवैधानिक निवेदनको आधारमा दल विभाजनको अवस्था छैन – Nepal Press

जसपाको जिकिर- अवैधानिक निवेदनको आधारमा दल विभाजनको अवस्था छैन

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले पार्टी विभाजनको अवस्था नरहेको बताएको छ ।

प्रवक्ता मनिषकुमार सुमनले एक विज्ञप्ति जारी गर्दै बहुमत केन्द्रीय सदस्य दलप्रति प्रतिवद्ध रहेको जिकिर गरेका छन् ।

संसदको अधिवेशन आव्हान भइसकेको अवस्था र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा निर्वाचन आयोगमा अवैधानिक निवेदन पेश गरेको भन्दै विज्ञप्तिमा कुनै पनि भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर