टी-२० विश्वकपमा आतङ्कवादी हमलाको ‘थ्रेट’ – Nepal Press

टी-२० विश्वकपमा आतङ्कवादी हमलाको ‘थ्रेट’

काठमाडौं । आसन्न आईसीसी टी-२० विश्वकपको आयोजकमध्येको एक ट्रिनिडाड एन्ड टोबागोका प्रधानमन्त्री कैथ रोलीले प्रतियोगितामा आतङ्कवादी हमलाको ‘थ्रेट’ पाएको बताएका छन् ।

वेस्ट इन्डिजमा रहेका सेक्युरिटी एजेन्सीले सम्भावित हमलाको निगरानी गरिरहेको रोलीको भनाइ छ । उक्त वक्तव्यपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र क्रिकेट वेस्ट इन्डिजले प्रतियोगितालाई सुरक्षित बनाउन आयोजक सुरक्षा योजना तयारी अवस्थामा रहेको उल्लेख गरेका छन् ।

‘आयोजक राष्ट्रमा सम्बन्धित निकायसँग नजिक रहेर हामी काम गर्नेछौं । प्रतियोगितालाई जोखिममा पार्न सक्ने कुनै पनि गतिविधि हुन नदिन अपनाइएका योजनाहरुलाई हामी सूक्ष्म निगरानी गर्नेछौं’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा हरेकको सुरक्षा पहिलो प्राथमिकता भएको उल्लेख छ ।

जुन १ तारिखबाट सुरु हुने विश्वकप अमेरिका र वेस्ट इन्डिजमा सञ्चालन हुँदैछ । अमेरिकाका ३ र वेस्ट इन्डिजका ६ वटा रंगशालामा खेलहरु हुनेछन् । बार्बाडोसले प्रतियोगिताको फाइनल आयोजना गर्दैछ ।

नेपालले समूहगत चरणका दुई खेल अमेरिका र दुई खेल वेस्ट इन्डिजमा खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर