सन्दीपको निलम्बन फुकुवा, खुल्यो टी-२० विश्वकप खेल्ने बाटो – Nepal Press

सन्दीपको निलम्बन फुकुवा, खुल्यो टी-२० विश्वकप खेल्ने बाटो

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपमाथि भएको निलम्बन फुवुका भएको जनाएको छ । योसँगै सन्दीपले टी–२० विश्वकप खेल्ने बाटो खुलेको छ ।

‘सम्मानित उच्च अदालत पाटनको बुधबारको फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुंदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौ’, विज्ञप्तिमा भनिएको छ ।

गत पुस १३ गते जिल्ला अदालत काठमाडौंबाट बलत्कार मुद्दामा दोषी ठहर भएपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । आज उच्च अदालतले सफाइ दिएसँगै क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको हो ।

लामिछानेलाई बुधबार उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर