ज्लाटन इब्राहिमोभिच भन्छन्- यस पटक मेस्सीले विश्वकप जित्ने पहिल्यै लेखिएको छ – Nepal Press

ज्लाटन इब्राहिमोभिच भन्छन्- यस पटक मेस्सीले विश्वकप जित्ने पहिल्यै लेखिएको छ

दोहा। स्वीडेनका चर्चित स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले कतारमा जारी विश्वकप अर्जेन्टिनाले जित्ने पक्का भइसकेको बताएका छन्।

यस पटकको विश्वकप उपाधि अर्जेन्टिनाको नाममा लेखिएको इब्राहिमोभिच बताउँछन्। क्वाटर फाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्नुअघि नै इब्राहिमोभिचले विश्वकप विजेताको अनुमान लगाएका हुन्।

‘मलाई लाग्छ, कसले जित्ने भनेर पहिल्यै लेखिएको छ। तपाईँलाई थाहा छ मेरो मतलब कसले जित्छ। मलाई लाग्छ मेस्सीले यस पटक विश्वकप उपाधि उचाल्नेछन् जुन पहिल्यै लेखिएको छ’, बार्सिलोनामा एक सिजन मेस्सीसँगै खेलेका इब्राहिमोभिचले भनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर