प्रहरीकाे विज्ञप्ति : गणेशमान सिंहको मुद्दा गृहमन्त्रीसँग असम्बन्धित, फेसबुकमा अश्लील सामग्री पोस्ट गर्थे – Nepal Press

प्रहरीकाे विज्ञप्ति : गणेशमान सिंहको मुद्दा गृहमन्त्रीसँग असम्बन्धित, फेसबुकमा अश्लील सामग्री पोस्ट गर्थे

गोजीमा सिटामोलका दुई खाली पत्ता भेटिएपछि अस्पताल लगिएको भनाइ

काठमाडौं । साइबर ब्युरोको यातनाका कारण विष सेवन गरेको दाबी गरेका युवकले प्रहरीमा आउनुअघि नै आफू ‘विष खाएर मर्न लागेको’ म्यासेज साथीलाई पठाएको दाबी गरेको छ ।

साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले ठकुरीले प्रहरीकहाँ आउनुअघि कीर्तिपुर क्याम्पसका विधार्थी नेतालाई म्यासेज गरेर आफू विष सेवन गरेर मर्न लागेको बताएको जानकारीमा आएको उल्लेख गरे । गणेशमान सिंह ठकुरीले बुधबार साँझ सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै आफूले गृहमन्त्री रवि लामिछानेविरुद्ध लेखेका कारण साइबर ब्युरोले दिएको यातनाले विष सेवन गर्नुपर्ने अवस्थामा पुगेको दाबी गरेका थिए ।

अवस्थीले टीयूका लेक्चरले फोन गरेर बुझेपछि ठकुरीले साथीलाई म्यासेज गरेको बारे थाहा पाएको बताए ।

‘ठकुरीले ब्युरोले बोलाएको भनेर विष सेवन गर्छु भन्दै म्यासेज गरेका रहेछन् । त्यही कुरा थाहा पाएर मसँग ती लेक्चरले चासो राखेपछि मैले उनलाई माथी बोलाएर बुझेको थिएँ’, अवस्थीले भने ।

प्रहरीका अनुसार ठकुरीको साथबाट पारा सिटामोलका दुईवटा खाली पत्ता भेटिएपछि उनलाई अस्पताल लगिएको थियो । प्रवक्ता अवस्थीले ठकुरीलाई बोलाइएको विषय गृहमन्त्री लामिछानेसँग सम्बन्धित नरहेको दाबी गरे ।

‘इलामको एक होटलको पेजमा गएर वेश्यावृत्ति हुने गरेको जस्ता आपत्तिजनक कुरा लेखेपछि उनीमाथी कारबाही गर्न भन्दै उजुरी परेको रहेछ । त्यसै सम्बन्धमा बुझ्न उनलाई बोलाइएको हो’, अवस्थीले भने ।

अनुसन्धानमा संलग्न एक अधिकारी भने ठकुरीलाई बोलाइएको विषय युवती चरित्र हत्यासँग जोडिएको बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर