आगलागी प्रभावितका लागि आवास निर्माण गरिदिन गृहमन्त्रीलाई अध्यक्ष राउतको ध्यानाकर्षण – Nepal Press

आगलागी प्रभावितका लागि आवास निर्माण गरिदिन गृहमन्त्रीलाई अध्यक्ष राउतको ध्यानाकर्षण

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले उपप्रधान तथा गृहमन्त्रीलाई आगजनी तथा सुख्खायाम पीडितलाई राहत उपलब्ध गराउन ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा पुगेर सप्तरीको कञ्चनरुप नगरपालिका ५ मा वैशाख ९ गते आइतबार दिउँसो भएको आगजनीमा करिब ३० घरधुरीको घर र सरसामानहरू जलेर नष्ट भएको जानकारी गराए ।

त्यसैगरी, वैशाख १२ गते महोत्तरीको मटिहानी नगरपालिका ६ जरलहवा टोलमा आगलागी हुँदा करिब १२० परिवारको घर जलेर खरानी भएको अवस्था रहेको भन्दै पीडितहरू अधिकांश दलित तथा विपन्न वर्गको भएकाले सरकारको तर्फबाट लागि त्रिपाल र खानेकुरासहित राहत सामग्रीको अविलम्ब व्यवस्था गर्नु गराउने माग गरे ।

भूकम्प पीडितहरूको लागि आवास निर्माण सरकारले गरी दिए झैं यी विपन्न पीडितहरूको आवास निर्माणको लागि समेत मूल रूपमा पहल गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

सुख्खा मौसममा तराई–मधेशका विभिन्न ठाउँहरूमा खानेपानीको हाहाकार देखिएको र प्रचण्ड गर्मीसँगै सो क्रम अझै बढ्ने हुँदा पानी जस्तो अत्यावश्यक र आधारभूत कुराको वितरण प्रभावित क्षेत्रहरूमा राहतस्वरूप गरी दिनु हुनका लागि अनुरोध गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर