कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त – Nepal Press

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त

सुर्खेत । कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त भएका छन् ।

सोमबार मुख्यमन्त्री यामलाल कँडेलले हमाललाई नियुक्त गरेका हुन् ।

हमाललाई उच्च अदालत सुर्खेतका कामु मुख्य न्यायाधीश लोहितचन्द्र शाहले पद तथा गोपनीयताको शपथ गराए । हमाल एमालेनिकटका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर