जसपा विभाजन : अशोकका सचिव राज्यमन्त्री दीपक संस्थापनतिरै रहेको दाबी – Nepal Press

जसपा विभाजन : अशोकका सचिव राज्यमन्त्री दीपक संस्थापनतिरै रहेको दाबी

जनकपुरधाम । वन तथा वातावरण राज्यमन्त्री दीपक कार्की जनता समाजवादी पार्टी (जसपा) संस्थान पक्षमै रहेको दाबी गरिएको छ ।

राज्यमन्त्री कार्की संस्थापन पक्षमै रहेको उनका प्रमुख स्वकीय सचिव रामनारायण कापडीले दाबी गरेका हुन् ।

उनले विज्ञप्ति जारी गर्दै ‘माननीय राज्यमन्त्री दीपक कार्कीको बारेमा विभिन्न सञ्चार माध्यममा भ्रामक जानकारी सम्प्रेषण भई रहेकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको’ उल्लेख गरेका छन् ।

उनले राज्यमन्त्री कार्की संस्थापन पक्षमा यथावत् रहेको र अन्यत्र भनेझैँ कुनै गुट वा दलसँग आबद्धता नरहेको दाबी गरेका छन् ।

जसपा नेपालबाट आइतबार अशोक राई नेतृत्वमा उनीसहित सात सांसद नयाँ दल जसपा दर्ता गराए । नयाँ दलको कार्य समितिको सचिवमा कार्कीको नाम राखिएको छ । तर दल दर्ता गराउन निर्वाचन आयोग पुग्दा कार्की थिएनन् ।

धनुषा क्षेत्र नम्बर १ बाट कार्की निर्वाचित संघीय सांसद हुन् । पार्टी विभाजन भएदेखि कार्की मोबाइल अफ गरेर सम्पर्कमा छैनन् । उनको स्वकीय सचिवले संस्थान पक्षमै रहेको दाबी गरे पनि कार्की आफैं केही प्रतिक्रिया दिएका छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर