‘बिट्क्वाइनको मूल्य ५ लाख डलर पुग्न सक्छ’ – Nepal Press

‘बिट्क्वाइनको मूल्य ५ लाख डलर पुग्न सक्छ’

काठमाडौं । अमेरिकी उद्यमी तथा स्काइब्रिजका प्रमुख कार्यकारी अधिकृत एन्थोनी स्कारामुसीले बिट्क्वाइनको मूल्य प्रतिक्वाइन ५ लाख डलरसम्म पुग्न सक्ने बताएका छन् । उनले बिट्क्वाइनको लोकप्रियता अझै बढ्दै गइरहेको र धनाढ्यहरूले विश्व कै सबैभन्दा डोमिन्यान्ड क्रिप्टो किन्न चाहने भएकाले यसको मूल्य अझै बढ्ने उनले बताए ।

नोभेम्बर ९ मा अहिलेसम्मकै सर्वाधिक मूल्य प्रतिक्वाइन ६८ हजार ६ यस अमेरिकी डलर पुगेको बिट्क्वाइन यो समाचार तयार गर्दा ६१ हजार १ सयमा कारोबार भइरहेको छ । पछिल्लो एक वर्षमा १ सय ३० प्रतिशतले मूल्यवृद्धि भएको बिट्क्वाइन सबैभन्दा उत्कृष्ट वित्तीय सम्पत्ति साबित भएको छ ।

स्कारामुसीका अनुसार बिट्क्वाइनलगातय अन्य क्रिप्टोकरेन्सीहरूको लोकप्रियता भर्खरै सुरु हुँदैछ । गोल्डम्यान साच्सका पूर्व कार्यकारीसमेत रहेका स्कारामुसीले यसको सम्भावना भविष्यमा अझै बढ्दै जानेमा विश्वस्त रहेको बताए ।

‘बिट्क्वाइनको मूल्य सहजै ५ लाख डलर पुग्छ,’ उनले सीएनबीसीसँगको अन्तर्वातामा भनेका छन्, ‘मलाई लाग्छ, हामी सुरुआती क्षणमा छौं । विश्वमा ४९ मिलियनभन्दा धेरै मिलियोनेयर छन्, र सबैले एक बिट्क्वाइन किन्दा पुग्दैन । त्यसैले बिट्क्वाइनको मूल्य अझै बढ्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *