ह्वाट्सएपमा आफ्ना फेबरेट कन्ट्याक्टहरुको अडर आफै मिलाउन सकिने – Nepal Press

ह्वाट्सएपमा आफ्ना फेबरेट कन्ट्याक्टहरुको अडर आफै मिलाउन सकिने

काठमाडौं । ह्वाट्सएपमा आफ्ना फेबरेट कन्ट्याक्टहरुलाई इडिट गरेर आफ्नै अडरमा मिलाएर राख्न सकिने भएको छ ।

ह्वाट्सएपले प्रयोगकर्ताहरूले आफ्ना फेबरेट अर्थात् मनपर्ने प्रिय पात्रहरूको कनट्याक्टलाई इडिट गरेर आफ्नै अडरमा मिलाएर राख्न सकिने सुविधा उपलब्ध गराएको हो ।

प्रयोगकर्ताहरूले आफ्नो सेटिङ्समा गएर सजिलै फेबरेट अर्थात् प्रिय पात्रहरूको कन्ट्याक्टहरु ‘एड, रिमोडर र रिमुभ’ को फिचर थप गरिदिएको छ ।

नयाँ फिचरबाट प्रयोगकर्ताहरूले आफूले चाहेका प्रिय अथवा महत्त्वपूर्ण लगेका युजरहरूलाई आफूलाई मन पर्ने अडरमा मिलाएर राख्न सक्नेछन् ।

त्यस्तै, व्यक्तिगत मेसेज अथवा ग्रुपमा भएका फेबरेट कन्ट्याक्टहरुलाईको कल तथा म्यासेजहरुलाई व्यवस्थित बनाउन प्रयोगकर्ता आफैले सक्नेछन् ।

यस फिचरलाई ह्वाट्सएपले परीक्षण गरिरहेको छ । भने, चाडो सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइने जनाएको छ । एन्ड्रोइड र आईएसओ दुबै प्रयोगकर्ताहरूले यसलाई प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर