ह्वाट्सएपमा पनि नम्बर डायलर – Nepal Press

ह्वाट्सएपमा पनि नम्बर डायलर

काठमाडौं । ह्वाट्सएपमा पनि अब नम्बर डायल गर्न सकिने भएको छ । ह्वाट्सएपले नम्बर डायल गर्न मिल्ने फिचरलाई थप गर्न लागेको ‘वाबीटा–इन्फो’ ले उल्लेख गरेको छ ।

ह्वाट्सएपमा थप गरिने नयाँ फिचरहरूको बारेमा रियल टाइम जानकारी दिने ‘वाबीटा–इन्फो’ का अनुसार ह्वाट्सएपले प्रयोगकर्ताहरूलाई इन–एप डायलर प्रदान गर्न लागेको हो ।

यस नयाँ डालयरलाई भविष्यमा सबैका लागि उपलब्ध हुने गरी काम गरिहरेको जनाइएको छ ।

ह्वाट्सएपले डायलरको साथै, ठेगाना राख्नेमा सम्पर्कहरू थप्न वा तिनीहरूसँग म्यानुअल रूपमा कुराकानी नछुटाई कल गर्न सम्भव हुने उल्लेख गरेको छ । यस फिचरले नयाँ सेभ नगरिएका सम्पर्कहरूलाई सिधै डायल गरेर कल गर्न सकिनेछ ।

ह्वाट्सएपको डायलर फिचरबाट वाइफाई अथवा डाटाले सिधै अन्तर्राष्ट्रिय कल हुँदा लागतमा कमी आउने आकलन गरिएको छ ।

अहिले यस फिचरलाई सञ्चालनका ल्याउनका लागि काम भइरहेको वाबीटा इन्फोले उल्लेख गरेको छ । भने भविष्यमा यसलाई सबैका लागि उपलब्ध गराइने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर