सूचना प्रविधि दिवसको दिन नै इन्टरनेट डाउन, एयरटेलले ब्याण्डविथ काटेको दाबी – Nepal Press

सूचना प्रविधि दिवसको दिन नै इन्टरनेट डाउन, एयरटेलले ब्याण्डविथ काटेको दाबी

काठमाडौं । सूचना तथा सञ्चारप्रविधि दिवसको दिन नै देशभरि इन्टरनेट सेवा डाउन भएको छ । बिहीबार अपराह्न एका-एक देशका अधिकांश स्थानहरूमा इन्टरनेट समस्या आएको प्रयोगकर्ताहरूले बताएका छन् ।

प्रयोगकर्ताहरूले देशभरका विभिन्न स्थानहरूमा इन्टरनेट सेवा डाउन अर्थात् नचलेको गुनासो सामाजिक सञ्जालहरूमा पोखिरहेका छन् ।

इन्टरनेट सेवा प्रदायक कम्पनीमा काम गर्ने स्रोतका अनुसार तराई क्षेत्रबाट अधिकांश इन्टरनेट डाउनको समस्या आइरहेको बताएका छन् ।

नेपालका इन्टरनेट सेवा प्रदायक संस्थाहरू अधिकांशले रोयल्टी र ग्रामीण दूरसञ्चार कोषको शुल्क विगत १० आर्थिक वर्षदेखि राज्यलाई नबुझाएको पाइएपछि सञ्चार मन्त्रालयले सो रकम भुक्तानी गर्न उनीहरूलाई ताकेता गरेको थियो ।

राजश्व बुझाउन थालेपछि मात्र विदेशी मुद्रा सटही सुविधा दिने मन्त्रालयले भने पनि सेवा प्रदायकले अटेर गरेर सरकारलाई झुकाउन खोजेका छन् ।

ब्यान्डविथबापतको रकम भुक्तानी नभएपछि भारतीय दूरसञ्चार सेवा कम्पनी एयरटेलले बिहीबार अपराह्न ४ बजेपछि कटौती गरेको सेवा प्रदायकले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर