झिनो अंकले बढेको नेप्सेमा ३ कम्पनीको सर्किट ब्रेक – Nepal Press

झिनो अंकले बढेको नेप्सेमा ३ कम्पनीको सर्किट ब्रेक

काठमाडाैं । साताको अन्तिम कारोबार दिन झिनो अंकले बढेको बजारमा तीन वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्से सूचक ०.७९ बिन्दुले बढेर २०१८.७६ अंकमा अडिँदा ती कम्पनीमा सकारात्मक सर्किट लागेको हो ।

१० प्रतिशतले शेयर मूल्य बढ्ने तीन वटै कम्पनी लघुवित्त हुन् । हिमालयन लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य ९६.४० अंकले बढेर १ हजार ६०.४० रुपैयाँ पुगेको छ ।

यता जलपा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १४४.३० अंकले बढेर १ हजार ५ सय ८७ रुपैयाँ पुगेको छ । यस्तै सिर्जनशिल लघुवित्त वित्तीय संस्थाको सेयर मूलय १५८.७० अंकले बढेर १ हजार ७ सय ४५.७० रुपैयाँ पुगेको छ ।

४ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको आजको बजारमा ३ कम्पनीमा सकारात्मक सर्किट लागेको हो । १३ मध्ये २ समूहका सूचक बढेका छन् ।

माइक्रोफाइनान्स समूहमा विशेष चम्किएको छ । यस दिन ३१५ कम्पनीको ८२ लाख ८२ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर