ह्युण्डाई मोटर अस्सेम्ब्ली प्लान्टमा सञ्चारकर्मीहरूको भ्रमण, टेस्ट ड्राइभ गरियो – Nepal Press

ह्युण्डाई मोटर अस्सेम्ब्ली प्लान्टमा सञ्चारकर्मीहरूको भ्रमण, टेस्ट ड्राइभ गरियो

काठमाडौं । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी) ले उद्घाटनको दोस्रो दिन टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ ।

गत शुक्रवार भव्य उद्घाटन गरेको कम्पनीले गते शनिवार रामग्राम, परासीस्थित ह्युण्डाई मोटर एसेम्बली प्लान्टमा सञ्चारकर्मीहरूलाई आमन्त्रित गरी नेपालमै निर्मित ह्युण्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ गरेको हो । कार्यक्रममा ६५ भन्दा बढी सञ्चारकर्मीहरूले सहभागिता जनाएका थिए ।

सञ्चारकर्मीहरूलाई प्लान्टको भ्रमण गराउनुका साथै प्राविधिकहरूद्वारा एसेम्बली प्रक्रिया सम्बन्धी सम्पूर्ण जानकारी गराइएको थियो । सञ्चारकर्मीहरूले कार्यक्रम विशेष तथा अत्यन्तै महत्त्व साथका लिएका थिए ।

त्यसै गरी उद्घाटन समारोहको पहिलो दिन प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको थियो ।

लक्ष्मी मोटर कोर्पोरेसनको उक्त पहलबाट विभिन्न ग्राहक वर्गको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै सुलभ र पहुँचयोग्य ह्युण्डाई सवारी साधनहरूको उत्पादन प्रति आफ्नो समर्पण देखाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर