सन्दीपको मुद्दामा बहस सकियो, न्यायाधीशले सीसीटीभी फुटेज हेर्ने – Nepal Press

सन्दीपको मुद्दामा बहस सकियो, न्यायाधीशले सीसीटीभी फुटेज हेर्ने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकिएको छ । दुवै पक्षका वकिलको बहस साथै जवाफी बहस भर्खरै सकिएको छ ।

फैसलाअघि न्यायाधीशले होटलको सीसीटीभी फुटेज हेर्ने बताएका छन् । बहस सकिएलगत्तै सीसीटीभी फुटेज देखाउन आदेश भएको थियो । सन्दीप र गौशाला २६ होटलभित्र पसेको र होटलबाट बाहिरिएको फुटेज न्यायाधीसद्वयले हेर्न चाहेका हुन् । यसअघि जिल्ला अदालतका न्यायाधीशले पनि बहस सकिएपछि फैसलाभन्दा ठीक अघि सीसीटीभी फुटेज हेरेका थिए ।

आज सबैभन्दा पछाडि सन्दीप लामिछानेको तर्फबाट सरोज घिमिरे र सविता भण्डारीले जवाफी बहस गरेका थिए ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा हिजोदेखि मुद्दाको सुनुवाइ भइरहेको छ । हिजो गौशाला २६ का निजी वकिलहरूले बहस गर्दागर्दै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज ११ बाट बहस सुरू भयो । दुवै पक्षलाई डेढ घन्टा समय दिइएको थियो । त्यसअनुसार गौशाला २६ का वकिलहरूले खाजा समय अगाडि बहस गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *