काठमाडौं विश्वविद्यालय र युएसएआईडी एग्रिकल्चर इन्पुटबीच सम्झौता – Nepal Press

काठमाडौं विश्वविद्यालय र युएसएआईडी एग्रिकल्चर इन्पुटबीच सम्झौता

काठमाडौं । नेपालमा हाइड्रोजनबाट बन्ने ग्रिन युरिया कारखाना संस्थापनाका लागि काठमाडौं विश्वविद्यालयले ‘युएसएआईडी एग्रिकल्चर इन्पुट’ सँग सम्झौता गरेको छ ।

बिहीबार काठमाडौं विश्वविद्यालयले ‘युएसएआइडी एग्रिकल्चर इन्पुट्स’ सँग नेपालमा युरिया मलको कारखाना संस्थापनाका लागि काम गर्न सम्झौता गरेको हो ।

सम्झौता अनुसार युएसएआइडी को कृषि सम्बन्धी काम गर्ने युनिट ‘युएसएआइडी एग्रिकल्चर इन्पुट’ परियोजनाले नेपालमा युरियाको उत्पादनका लागि सहयोग गर्नेछ ।

काठमाडौं विश्वविद्यालयले अहिलेसम्म प्राप्त गरेको ज्ञान, सीप, जनशक्ति र आफूले विकास गरेको नेटवर्कलाई एक ठाउँमा ल्याएर ग्रिन हाइड्रोजन युरिया कारखानाको स्थापना गर्नका लागि काम गर्ने नेपाल हाइड्रोजन इनिसियटिभ्स परियोजना प्रमुख तथा एसोसिएट प्रा.डा. विराजसिंह थापाले बताए ।

थापाले भने- नेपालमा ग्रिन हाइड्रोजन युरिया कारखानाको स्थापना गर्नमा काठमाडौं विश्वविद्यालयले अहिलेसम्म प्राप्त गरेको ज्ञान, सीप, जनशक्ति र विश्वविद्यालयले विकास गरेको नेटवर्कलाई एक ठाउँमा ल्याएर काम गर्नेछ । नेपालमा खाद्यान्न उत्पादनका लागि सबैभन्दा महत्त्वपूर्ण युरियामा नेपालले लामो समयदेखि बनाउन नसकेको अवस्था थियो । तर अब ग्रिन हाइड्रोजनमार्फत युरिया कसरी बनाउन सकिन्छ ? हामीले नीतिगत सुधारहरू कहाँ कहाँ गर्नुपर्छ ? कानुनी पाटाहरूलाई कसरी औंल्याउनुपछ ? भन्ने कुरामा हामीले काम गर्नेछौँ ।

अहिलेसम्म आबद्ध भएका सरकारी गैर सरकारी, लगानीकर्ताहरु, अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरूलाई एक ठाउँमा ल्याएर नेपालमा छिट्टै युरिया कारखानाको स्थापना कसरी गर्न सकिन्छ भन्ने कुरामा काठमाडौं विश्वविद्यालय र युएसएआईडी एग्रिकल्चर इन्पुट प्रोग्राम बीच सम्झौता भएको छ ।

युरियाको उत्पादनका युएसएआइडी इन्पुट परियोजनाले सहयोग गर्नेछ । जसमा सबैभन्दा पहिले हालसम्म नेपालमा युरियाको उत्पादनका लागि के के समस्या रहेका छन् त्यसलाई हेर्नेछौँ । त्यसपछि हामीले लगानीका इच्छुक संघ संस्थाहरूसँग पनि समन्वय गर्नेछौँ । हामी आशा गर्छौं नेपालमा छिट्टै हाइड्रोजनबाट बन्ने ग्रिन युरियाको कारखाना खुल्छ । र नेपालीहरुलाई कृषितर्फ प्रोत्साहन गर्ने बाटो खुल्नेछ ।

नेपालमा ग्रिन हाइड्रोजन युरिया कारखानाको स्थापना गर्नमा काठमाडौं विश्वविद्यालयले अहिलेसम्म प्राप्त गरेको ज्ञान, सीप, जनशक्ति र विश्वविद्यालयले विकास गरेको नेटवर्कलाई एक ठाउँमा ल्याएर काम गर्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर