ओपन एआईको ‘सोरा’बाट बनाइएको पहिलो म्युजिक भिडिओ – Nepal Press

ओपन एआईको ‘सोरा’बाट बनाइएको पहिलो म्युजिक भिडिओ

काठमाडौं । ओपन एआईको लेखेरै भिडिओ बनाउने टुल ‘सोरा’ द्वारा बनाइएको पहिलो म्युजिक भिडिओ सर्वजनिक गरिएको छ । मे २ तारिखमा ओपन एआईको ‘सोरा’ बाट बनाइएको ‘द हार्डीएस्ट पार्ट’ नामक अफिसियल म्युजिक भिडिओ युट्युबमा अपलोड गरिएको हो ।

लिखित निर्देशनबाटै भिडिओ बनाइदिने टुल सोराबाट ‘वास्ड आउट’ नामक युट्युब च्यानलमा ‘द हार्डीएस्ट पार्ट’ नामक म्युजिक भिडिओ सार्वजनिक गरिएको हो ।

उक्त भिडिओ पुरै ओपन एआईको ‘सोरा’ प्रयोगबाट बनाइएको उल्लेख गरिएको छ । ४ मिनेट २ सेकेन्डको म्युजिक भिडिओ सोराको प्रयोगबाट बनाइएको हो । जुन सोराको प्रयोगबाट बनाइएको पहिलो म्युजिक भिडिओ रहेको उक्त च्यानलले नै उल्लेख गरेको छ ।

च्याटजीपीटी निर्माता कम्पनी ओपन एआईले गत फेब्रुअरीमा मात्रै लिखित निर्देशनबाटै भिडिओ जेनेरेट गर्ने टुल ‘सोरा’ सार्वजनिक गरेको थियो । जसबाट लिखित निर्देशनबाटै वास्तिविक र अवास्तविकमा भिन्नता छुट्याउनै गाह्रो हुने भिडिओ बनाउन सकिन्छ । सोरा सार्वजनिक भएलगत्तै विश्वभर नै ओपन एआई चर्चा बढेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *