नेपालमा कोरोनाको भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि – Nepal Press

नेपालमा कोरोनाको भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि

काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिने क्रम अझै जारी छ । यसैबीच नेपालमा भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । काठमाडौंकै केही संक्रमितको नमूना परीक्षणको क्रममा यो भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार ‘केपी.१’ र ‘केपी.२’ सब भेरियन्ट हो । यो नसर्ने र घातक नभएको उनले बताए ।

बुढाथोकीले नेपाल प्रेससँग भने, ‘तीन-तीन महिनामा कोरोनाको परीक्षण भइरहेको छ । त्यसै क्रममा बिहीबारको रिपोर्टले केपी १ र केपी २ देखाएको हो । तर, यो सामान्य र नफैलिने खालको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर