सराथोक पहिरोको जोखिममा, गाउँ छाड्दै स्थानीय – Nepal Press

सराथोक पहिरोको जोखिममा, गाउँ छाड्दै स्थानीय

चितवन । चितवनको गाउँपालिका इच्छाकामना–४ सराथोकमा गाउँको छेउबाट पहिरो जान थालेपछि गाउँ जोखिममा परेको छ । पुरानो गुरुङ गाउँमध्येको एक सराथोकमा वर्षामा पहिरोको जोखिम बढ्ने भन्दै स्थानीय गाउँ छाड्न थालेका छन् ।

सराथोक गाउँले जिल्लाको सयौँ वर्ष पुरानो इतिहास बोकेको स्थानीय बताउँछन् । विसं २०७२ को विनाशकारी भूकम्पबाट तहसनहस भएको गाउँ विस्तारै पुनःनिर्माण गर्दै उठेको थियो । पछिल्लो समय पहिरोको चपेटामा पर्न थालेको भन्दै वर्षामा स्थानीय थप त्रसित हुने छविलाल गुरुङले बताए । उनका अनुसार हरेक वर्ष वर्खा लाग्न थालेसँगै स्थानीय डराइडराइ बस्नुपर्ने बाध्यता छ ।

पहिरोका कारण गाउँबस्ती नै जाखिममा परेपछि गाउँ छोडेर जानेहरू बढेका स्थानीय हरि गुरुङले बताए । उनल भने, “कुनैबेला करिब ३५ घर रहेको यो गाउँमा अहिले २० घर मात्र छन् ।”

पहिरोका कारण पुरानो गुरुङ गाउँ जोखिममा परेपछि बस्ती जोगाउन गाउँपालिकाले योजना बनाएर काम गरिरहेको जनाएको छ ।

पछिल्लो दुई आर्थिक वर्षमा बजेट व्यवस्थापन गरी ‘मेसिनरीवाल’को व्यवस्था गरेर बस्ती संरक्षणको काम गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए । उनले भने, “पहिरो रोक्नका पालिकाले दुई आर्थिक वर्षमा बजेट विनियोजन गरी मेसिनरीवाल  लगाएको छ । यसबाट बस्तीको संरक्षण हुने अपेक्षा लिएका छौँ ।”

पहिरोको जोखिम कम गर्न गाउँपालिकासँग सहकार्य गरेर वडा कार्यालयले पनि काम गरिरहेको वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले बताए । उनका अनुसार बस्ती जोगाउन लगाइएको मेसिनरीवालमा हालसम्म रु आठ लाख खर्च भइसकेको छ ।

पछिल्लो समय सराथोक गाउँका हरेक घरमा खानेपानीको धारा जडान गरिएको वडाध्यक्ष उप्रेतीले जानकारी दिए र

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर