शीर्ष बैठकपछि एमालेले भन्यो- बल अब कांग्रेसको कोर्टमा छ (भिडिओ) – Nepal Press

शीर्ष बैठकपछि एमालेले भन्यो- बल अब कांग्रेसको कोर्टमा छ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक सकारात्मक तर निष्कर्षविहीन बनेको छ । बैठकमा एमाले र कांग्रेसले एक-अर्कालाई लचिलो बन्न आग्रह गरेका थिए ।

बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सकारात्मक छलफल भएको बताए । उनले सत्तापक्ष आवश्यक मात्रामा लचिलो भइसकेको भन्दै बल कांग्रेसको कोर्टमा गएको प्रतिक्रिया दिए ।

‘हामी लचिलो भएर यहाँसम्म आएका हौं । व्यक्तिको नाममा छानबिन समिति बन्ने त सम्भावना छैन । संसदको समेत गरिमा कायम राख्नेगरी उहाँहरु पनि लचक बन्नुहुन्छ भन्ने आशा छ’, बर्तौलाले भने ।

कांग्रेसका नेताहरु बैठकबाट सकारात्मक चेहराका साथ उठेको उनले बताए ।

संसदीय छानबिन समितिको टीओआरमा गृहमन्त्रीको नाम उल्लेख नगर्ने अडान सत्तापक्षले लिएको छ । कांग्रेस भने नाम राख्नैपर्ने पक्षमा छ ।

बर्तौलाले भने, ‘व्यक्तिका नाममा संसदीय समिति बनाउँदा गलत नजिर बस्छ । केही समय पिसाबको न्यानो भएपछि प्रकारान्तरले प्रत्युत्पादक हुने कुरा उहाँहरुलाई सम्झाएका छौं ।’

भोलि ३ बजे टीओआरसम्वन्धी कार्यदलको बैठक बस्ने भएको छ । उक्त बैठकमा प्रतिपक्षले ल्याउने प्रस्तावका आधारमा छलफल गर्ने बर्तौलाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर