दुईचार सयलाई आपत पर्दा खाना खुवाउन नसक्ने सरकार छैन, कहाँ हस्ताक्षर गर्नुपर्छ भन्नुस्: गृहमन्त्री लामिछाने – Nepal Press

दुईचार सयलाई आपत पर्दा खाना खुवाउन नसक्ने सरकार छैन, कहाँ हस्ताक्षर गर्नुपर्छ भन्नुस्: गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आगलागीबाट प्रभावित महोत्तरीका दुईचार सय नागरिकलाई खाना खुवाउन नसक्ने अवस्थामा सरकार नभएको बताएका छन् ।

सिंहदरबारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आवश्यक समन्वय गरेर आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

उनले भने, ‘प्रकोप कति बेला हुन्छ भन्ने थाहा हुँदैन । तर, घटना भइसकेपछि तत्काल राहत वितरणको विषयमा मैले स्पष्ट निर्देशन गरिसकेको छु । कुनै पनि प्रशासनले तत्काल दिने राहतहरुमा, तत्काल पैसा दिनुपर्ने अवस्था छन् भने कोष छ, त्यहाँ मिल्दैन भने मलाई भन्नुस् कहाँ हस्ताक्षर गर्नुपर्छ, कहाँ निर्णय गर्नुपर्छ तत्काल गर्नुस् । यो आएको निर्देशनलाई कार्यान्वयन गर्ने कुरामा कहीँ ढिलाइ भएको छैन, भइहाल्छ । मन्त्रालयको तर्फबाट आफैं सचेत भएर कुराकानी गरिरहेको छु ।’

आपत्त पर्दा बस्ने र खानेकै समस्या भयो भनेर ठूलो गुनासो आइरहेको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले समस्या समाधान गर्न निर्देशन दिए ।

उनले भने, ‘धेरै ठूलो प्रभावित भएको हो भने त्यसलाई व्यवस्थित गर्न सकिँदैन । त्यस्तो अवस्था नहुँदा राज्यसँग क्षमता सीमित छ भन्ने थाहा छ । तर आपत्त परेका दुईचार सय नागरिकलाई खाना नै खुवाउन नसक्नेगरी त्यो दरिद्रता त छैन । म ग्यारेन्टी दिन्छु । त्यसमा समन्वय पुगेको छैन ।


प्रतिक्रिया

One thought on “दुईचार सयलाई आपत पर्दा खाना खुवाउन नसक्ने सरकार छैन, कहाँ हस्ताक्षर गर्नुपर्छ भन्नुस्: गृहमन्त्री लामिछाने

  1. Mantri jyu tapaie KO bichar ramro xa karinda mathi goppya nigrani rakhnu hola sampurn Kura tha hunxa. Bato ma basne traffic prahari lair sabhya ra sayam bhaye r Kam garn nirdesan gari dinu hune xa bhanne aasa rakhda chhu.

Leave a Reply

Your email address will not be published. Required fields are marked *