नेपाली बजारमा स्मार्टफोनहरूको बढ्दो व्यापार, एकै महिनामा २ अर्ब ३७ करोडका फोनहरू आयात – Nepal Press

नेपाली बजारमा स्मार्टफोनहरूको बढ्दो व्यापार, एकै महिनामा २ अर्ब ३७ करोडका फोनहरू आयात

काठमाडौं । पछिल्लो एक महिनामा मात्रै २ अर्ब ३७ करोड ५१ लाख १३ हजार रुपैयाँको स्मार्टफोनहरू नेपाल भित्रिएका छन् ।

चालू आर्थिक वर्षको चैत महिनामा मात्रै २ अर्ब ३७ करोड ५१ लाख १३ हजार रुपैयाँका १ लाख ४२ हजार ३६४ थान स्मार्टफोनहरू नेपाल भित्रिएका हुन् ।

चालू आर्थिक वर्ष २०८०÷८१ को चैत मसान्तसम्म २१ अर्ब ७५ करोड २८ लाख ८१ हजार रुपैयाँ बराबरका १३ लाख ९१ हजार ८४५ थान स्मार्टफोनहरु आयात भएका छन् ।

नेपालमा स्मार्टफोनको सबैभन्दा ठुलो स्मार्टफोनको आयातकर्ता चीन हो । चीनबाट मात्रै ९ महिनाको अवधिमा १४ अर्ब ५३ करोड ५९ लाख २६ हजार रुपैयाँका १० लाख ९ हजार ३२० थान स्मार्टफोनहरू आयात भएका छन् । जुन नेपालमा भित्रिने कुल स्मार्टफोनको ६६ प्रतिशत हो ।

नेपालमा भारतबाट नौ महिनामा ६ अर्ब ८३ करोड ९६ लाख ५९ हजार रुपैयाँ बराबरका ३७ करोड ८१ लाख २३ हजार थान स्मार्टफोनहरू आयात भएका छन् । जुन नेपाल भित्रिने कुल स्मार्टफोनहरूको ३१ प्रतिशत हो ।

नेपालमा संयुक्त राज्य अमेरिका, भियतनाम, जापान, संयुक्त अरब इमिरेट्स, अस्ट्रेलिया, दक्षिण कोरिया, कतार, कुवेत, साउदी अरेबिया, बेलायत, मलेसिया, सिङ्गापुर, क्यानडा, फिनल्याण्ड, हङकङ, रोमानिया, बहराइन, नेदरल्याण्ड्स, फ्रान्सबाट पनि स्मार्टफोनहरू आयात हुने गरेको छ ।

त्यस्तै ओमान, साइप्रस, डेनमार्क, जर्मनी, माल्टा, इराक, इजरायल, पोल्याण्ड, बेल्जियम, जोर्डन, माल्दिभ्स, न्युजिल्याण्ड, भानुअतु, कम्बोडिया, ग्रीस, नर्वे, पोर्चुगल, स्पेन, स्वाजिल्याण्ड, स्विट्जरल्याण्ड, थाइल्याण्ड, युक्रेन, अफगानिस्तान, क्रोएसिया, आयरल्याण्ड, इटाली, सेशेल्स, स्लोभेनिया, श्रीलंका, स्वीडेन, ताइवान, ट्युनिसिया र संयुक्त गणतन्त्र तान्जानिया गरी ५४ राष्ट्रबाट स्मार्टफोन आयात हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर