एआईसहित अपग्रेड भयो मेटा स्मार्ट ग्लास, कति पर्छ मूल्य ? – Nepal Press

एआईसहित अपग्रेड भयो मेटा स्मार्ट ग्लास, कति पर्छ मूल्य ?

काठमाडौं । मेटाले ‘रे–ब्यान’ को नयाँ स्मार्ट एआई चस्मा सार्वजनिक गरेको छ । फेसबुक कम्पनी मेटाले एआई मल्टिमोडलसहितको ‘रे–ब्यान’ को स्मार्ट चस्मा सार्वजनिक गरेको हो ।

६ महिनाअघि सन् २०२३ को सेप्टेम्बरमा मेटा कम्पनीले रे–ब्यानको स्मार्ट ग्लास सार्वजनिक गरेको थियो । जसमा अहिले कम्पनीले आफ्नो मेटा एआई सहित अपग्रेड गरेर सार्वजनिक गरेको हो । गत डिसेम्बरबाटै मेटाले स्मार्ट ग्लासमा एआईको फिचरलाई सामेल गराउनका लागि परीक्षण गरिरहेको थियो ।

मेटाको स्मार्ट ग्लासबाट प्रयोगकर्ताहरूले हिँड्दा हिँड्दै अडियो तथा भिडियो कल गर्नुका साथै आफूले आँखा अगाडी देखेको दृश्य समेत सेयर गर्न सकिन्छ । एआई सहित अपग्रेड गरिएको यस स्मार्ट ग्लासले भ्वाइस कमान्डमा साथीको काम गर्छ ।

१२ मेगापिक्सल क्यामरा जोडिएको ग्लासबाट बोलेरै फोटोहरू खिच्न सकिन्छ । भने, भिडियो रेकर्ड तथा फोनहरू गर्ने सकै इन्स्टकशन अर्थात् बोलेर निर्देश दिएरै गर्न सकिन्छ ।

आफूले लगाएको स्मार्ट चस्मालाई केही पनि काम गराउनका लागि ‘हे मेटा’ भनेर निर्देशन दिन सकिन्छ ।

मेटाले संयुक्त राज्य अमेरिका र क्यानडामा यस मेटा एआई स्मार्ट ग्लासलाई रोल आउट अर्थात् पहिलो पटक लन्च गर्न लागेको जनाइएको छ ।

मेटा स्मार्ट ग्लासको मूल्य अनलाइन विजनेश प्लेटफर्म अमेजोनमा २२९ अमेरिकन डलर रहेको छ । नेपालमा ल्याउँदा यसको मूल्य करिब ५० हजार पुग्छ । तर, मेटाले अहिले आफ्नो एआई सहितको स्मार्ट ग्लासको मूल्य भने सार्वजनिक गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर