मल्टिपल लगइनका कारण निष्क्रिय हेलो सरकारको एक्स ह्यान्डल पुन: सक्रिय – Nepal Press

मल्टिपल लगइनका कारण निष्क्रिय हेलो सरकारको एक्स ह्यान्डल पुन: सक्रिय

काठमाडौं । मल्टिपल डिभाइसमा लगइन भएर समस्या आएको हेलो सरकारको एक्स (साबिकको ट्विटर) ह्यान्डल पुन: सक्रिय भएको छ । ‘हेलो सरकार’ले सोमबार (वैशाख १० गते) एक्समा ट्विट गर्दै एक्स ह्यान्डलको समस्या समाधान भएको उल्लेख गरेको हो ।

गत फागुन ३ गतेदेखि निष्क्रिय भएको एक्स ह्यान्डल सोमबारदेखि सक्रिय भएको छ । गत फागुनदेखि उक्त एक्स अकाउन्टबाट कुनै पनि सूचना तथा जानकारी प्रकाशित अथवा रिट्विट भएको थिएन ।

हेलो सरकारको एक्स ह्यान्डल विभिन्न डिभाइसमा लगइन भएका कारण अकाउन्टमा समस्या आएको हेलो सरकारका प्रमुख राजु खनालले बताए । हेलो सकारको एक्स अकाउन्टमा समस्या दोहोर्‍याउन नदिनका लागि अकाउन्ट भेरिफिकेशनका लागि रिक्वेस्ट समेत गरिएको खनालले जानकारी दिए ।

प्रमुख खनालले भने, ‘गत फागुन देखि ट्विटर ह्यान्डल सक्रिय मात्रै नभएको हो । समस्या सम्बोधन देखि गुनासोहरू सुन्ने काम निरन्तर रूपमा भइरहेको नै थियो । हामीले केहि पोस्ट र रिट्विट मात्रै गरेका थिएनौ । बस गत एक साता अघि मात्रै ट्विटर ह्यान्डलमा समस्या आएको थियो । त्यो पनि विभिन्न डिभाइसमा लगइन भएर समस्या आएको थियो । जसलाई हिजो समाधान गरिसकिएको छ । लामो समयदेखि ट्विटरमा रिट्विट र पोस्ट गर्ने लगायतका गतिविधि मात्रै नगरिएको हो । हामी सक्रिय नै थियौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर