पीडितसँग लामिछाने भने- समिति बनाएरै सहकारी सञ्चालक र आफन्तको नामको सम्पत्ति बिक्री गरेर बचत फिर्ता गर्छौं (भिडिओ) – Nepal Press

पीडितसँग लामिछाने भने- समिति बनाएरै सहकारी सञ्चालक र आफन्तको नामको सम्पत्ति बिक्री गरेर बचत फिर्ता गर्छौं (भिडिओ)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी पीडितसँग आज सिंहदरबारबाट छलफल गरेका छन् ।हिजो गृह मन्त्रालयले सहकारी पीडितको पैसा फिर्ता गर्नको लागि अधिकार सम्पन्न समिति बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए ।

समिति बनाउन प्रस्ताव लगेकोमा धन्यवाद दिन आएका सहकारी पीडितसँग गृहमन्त्रीले छलफल गरेका हुन् ।

सहकारी पीडितहरूले अधिकार सम्पन्न समिति बनाउन माग गरेका थिए । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि त्यो माग मन्त्रिपरिषद्मा लगेका थिए । देशभर ७४ लाख सहकारी पीडित रहेका छन् ।

सहकारी पीडितले धेरै बिचौलियाहरूको चलखेल भइरहेको छ र अभियानको रूपमा आर्थिक चलखेल भएको बताएका थिए । भने सहकारी पीडितहरूको संघर्ष समिति संगठन आफ्नो भएको बताएका छन् ।

सयौँ बचतकर्ताको बचत रकम फिर्ता नदिनेलाई कारबाही गर्ने छौँ । यो समस्या छिटोभन्दा छिटो टुङ्ग्याउन काम सुरु भएको छ । सहकारी सञ्चालकको नाममा रहेको सम्पत्ति र आफन्तको नाममा रहेको सम्पत्ति रोक्का गरेर विक्री गरी सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्नु पर्छ । कुनै सहकारी सञ्चालकले आफन्तको नाममा सम्पत्ति राखेर आफू चोखिन मिल्दैन । सहकारी सञ्चालकले आफ्नो नाममा कहाँ कहाँ सम्पत्ति राखेको छ खोजौँ । सुरुमा २ वटा सहकारीबाट सुरु गरौँ । त्यसपछि प्रदेश गत जाऊँ । लाखौं सहकारी र लघुवित्त पीडित समस्यामा रहेका छन्,’ सहकारी पीडितसँगको छलफलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भने ।

पीडितहरू आफ्नो बच्चालाई स्कुलको फ्री तिर्न नसक्ने अवस्थामा छन् । ती जनताको समस्या हामीले सम्बोधन गर्नु पर्छ । कुनै सहकारी सञ्चालकले पैसा तिर्न खोजिरहेका छन् । उनीहरूलाई पनि पैसा तिर्ने वातावरण बनाऊ । कुनै व्यक्ति विशेषभन्दा पनि हामीले सबैलाई न्याय दिने गरी काम लामिछानेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *