ह्वाट्सएप र थ्रेड्सलाई चीनको एप्पल स्टोरबाट हटाइयो – Nepal Press

ह्वाट्सएप र थ्रेड्सलाई चीनको एप्पल स्टोरबाट हटाइयो

काठमाडौं । चीनको एप्पल स्टोरबाट मेटा प्लेटफर्मका दुई सामाजिक सञ्जाल ह्वाट्सएप र थ्रेड्सलाई हटाएको छ । शुक्रबार एप्पलको एप स्टोरबाट मेटा प्लेटपर्मका ह्वाट्सएप र थ्रेड्सलाई हटाइएको ‘रोयटर्स’ ले उल्लेख गरेको छ ।

ह्वाट्सएप र थ्रेड्सलाई चीन सरकारले हटाउन आदेश गरेपछि एप्पलले उक्त एपहरुलाई हटाएको उल्लेख गरिएको छ ।

‘रोयटर्स’ का अनुसार राष्ट्रिय सुरक्षाका कारण चीनको एप्पल स्टोरबाट फेसबुक, ह्वाट्सएप र थ्रेड्सलाई हटाइएको अन्तरािष्ट्रय समाचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

इन्टरनेट र अनलाइन सामाग्रीलाई नियमन गर्ने चीनको साइबर स्पेसले प्रशासनको निर्देशनमा एप्पल स्टोरबाट उक्त एपलाई हटाउन निर्देशन दिएको थियो ।

चीनको सत्तारुढ पार्टीले सामााजिक सञ्जालहरुमा पहिलेदेखि नै कडा सेन्सरसीप र अनुगमन गर्दै आइरहेको छ । उक्त सेन्सरशीपलाई कडा गर्दै चीन सरकारले यो निर्देशन दिइएको आंकलन गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर